7 years ago
July 28, 2018
म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले टोटेनह्याम हट्सपरका स्ट्राइकर हेरी केनलाई तत्काल भित्राउने सम्भावना खारेज गरेको छ । फिफा विश्व कपका गोल्डेन बुट विजेता केन अब उत्तरी लन्डनकै क्लबमा रहने निश्चित भएको छ ।
विश्व फुटबलका एक उत्कृष्ट फरवार्डलाई लिने मामलामा रियल इच्छुक थियो, तर टोटेनह्यामका अध्यक्ष डानिल लेभी फेरी एकपटक आफ्ना स्टार खेलाडीलाई रोक्न सफल भएका छन् । पूर्व सुपर स्टार क्रिस्टिायानो रोनाल्डो युभेन्ट्स सरुवा भएपनि रियल त्यस्तै ठूलो नामलाई क्लबमा भित्राउन चाहन्छ । स्पेनिस पत्रिका एएसका अनुसार अब भने रियल केन लिने योजनाबाट पछि हटेको छ ।
रियलले बुझेको छ, निकै ठूलो रकमको प्रस्ताव लान सके मात्र केनलाई भित्राउने सम्भावना रहन्छ । अर्को तीर केन आफै स्पेन जानमा कति इच्छुक हुनेछन् त्यो अर्को महत्वपूर्ण विषय हुनेछ । पछिल्ला चर्चाका बीच रियलले पिएसजीका फरवार्ड इडिन्सन काभानी भित्राउनेमा चासो देखाएको छ । अन्य फरवार्ड भन्दा काभानीलाई भित्राउन सहज हुनेमा रियल आशावादी रहेको बताइएको छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]