default_image

7 years ago

July 28, 2018

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

57 views

0 Bookmark

पेरिस (एजेन्सी)– लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे ।

७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ माउराले पनि सन् २०१४ जुन ७ देखि २९ बाट ७ नम्बर जर्सी लगाउन थालेका थिए ।

‘जर्सी नम्बर कति लगाउने भन्नेलाई मैले कहिल्यै महत्व दिइन । मैदानमा कस्तो खेलिन्छ त्यो बढी महत्वपूर्ण हो,’ १९ वर्षे एमबाप्पले भनेका छन्,‘ तर, पनि जर्सी नम्बरले तिम्रो लक्ष्य प्रष्ट पार्दछ । तिमित कस्तो बन्न चाहन्छौं त्यो बताउँछ । ’

क्रिस्टियानो रोनाल्डोको फयान रहेका एमबाप्पले अगाडि भने,‘ ७ नम्बर महान नम्बर भइसकेको छ । थ्रुपै राम्रा खेलाडीले यो जर्सी लगाएका छन् । मलाई लाग्छ राम्रो प्रदर्शनले म पनि यो जर्सीको महत्वलाई राख्ने छु । म आफुलाई अझै सुधार गरेर खेल्ने प्रायस गर्नेछु ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.