7 years ago
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले काठमाडौंमाथि ८–० को सहज जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकालेको हो ।
आर्मीको फराकिलो जितमा दीपा राईले ह्याट्रिक पुरा गरिन् । कृष्णा बस्नेतलले दुई तथा बिमला विक, इन्दिरा राई र कविता धिमालले समान १ गोल गरिन् ।
२४ औं मिनेटमा बिमला विकेको गोलबाट अग्रता बनाएको आर्मीले ३४ औं मिनेटमा कृष्णा बस्नेतको गोलबाट अग्रता दोब्बर बनायो । कृष्णाले ४३ औं मिकनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् ।
४४ औं मिनेटमा दीपा राईले गोल गर्र्दै आर्मीले खेललाई ४–० ले आफ्नो नियन्त्रणमा राख्न सफल भइन् । इन्जुरी समयमा इन्दिरा राईले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५–० को अग्रता बनायो ।
दोस्रो हाफमा पनि आर्मीले थप तीन गोल गर्न सफल भयो । ५३ औं मिनेटमा दीपाले गोल गरेपछि आर्मी ६–० ले अघि बढ्यो । ५६ औं मिनेटमा अर्काे गोल गर्दे दीपाले खेलमा ह्याट्रिक पुरा गरिन् । ८३ औं मिनेटमा कविता धिमालले गोल गरेपछि आर्मीले ८–० को फराकिलो जित निकाल्न सफल भयो ।
आर्मीको यो लिगमा लगातार दोस्रो जित हो । यसअघि आर्मीले पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको थियो ।
दोस्रो जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको दुई खेलबाट ६ अंक पुगेको छ । आर्मी गोलअन्तरमा एपिएफभन्दा पछि छ । एपिएफले आजै रौतहटलाई ७–० ले पराजित गरेको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]