default_image

7 years ago

July 27, 2018

महिला लिगमा एपिएफको दोस्रो जित, सावित्राको ४ गोल

86 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लागतार दोस्रो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा रौतहटलाई ७–० ले हराउँदै एपिएफले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो ।

तस्बिरहरु: विवेक सुवेदी/हाम्रो खेलकुद

आफ्नो पहिलो खेलमा एपिएफले बुधबार काठमाडौंलाई १०–० ले हराएको थियो । रौतहटविरुद्धको जितमा टोलीकी सावित्रा भण्डारीले ४, सरु लिम्बुले २ र अनिता बस्नेतले १ गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको गोल संख्या ९ पुगिसकेको छ । उनले पहिलो खेलमा ५ गोल गरेकी थिइन् ।

छैटों मिनेटमा सरुको गोलबाट अग्रता लिएको एपिएफका लागि सावित्राले ३० औं मिनेटमा गोल गरिन् । सरुले ४० औं मिनेटमा गोल थपेपछि एपिएफले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा १ मिनेटको फरकमा दुई गोल गर्दै सावित्राले प्रतियोगितामा दोस्रो हाट्रिक पुरा गरिन् ।

सावित्राले५४ औं र ५५ औं मिनेटमा गोल गरेकी थिइन् । अनिताले ७९ औं मिनेटमा गोल गर्दा एपिएफले ६–० को अग्रता लिएको थियो । एक पक्षिय खेलको इन्जुरी समयको दोस्रो मिनेटमा सावित्राले अर्को गोल थपेकी थिइन् । सावित्रा नै खेलको वमन अफ दी म्याच भइन् ।

रौतहटको भने यो तेस्रो खेलमा पहिलो हार हो । यसअघि टोलीले काठमाडौं र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । प्रतियोगितामा ३ विभागिय एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, रौतहट र काठमाडौं गरि ५ टोलीको सहभागिता रहेको छ । काठमाडौं र रौतहट छनोट चरण पार गर्दै र बाँकी तीन विभागिय टोलीले स्वत राष्ट्रिय लिगमा प्रवेश पाएका थिए ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.