default_image

7 years ago

July 27, 2018

रियलको नजरमा काभानी पनि रोनाल्डोको विकल्प !

59 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म भेटेको छैन । यद्दपी, केहि खेलाडीलाई विकल्पको रुपमा भने हरिरहेको छ । पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ । रोनाल्डो रियल छोड्दै १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका थिए ।

Paris Saint-Germain's Uruguayan forward

पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाएका छन् ।रोनाल्डो सम्मिलित पोर्चुगलविरुद्ध रसिया विश्व कपमा काभानीले उरुग्वेका लागि २ गोल गरेका थिए । उनकै गोलले उरुग्वे अन्तिम आठ सम्म पुगेको थियो । तर, चोटका कारण उनले फ्रान्सविरुद्धको क्वार्टरफाइनल भने खेल्न सकेनन् । फ्रान्सले नै विश्व कप उपाधि जितेको थियो ।

सन् २०१३ मा नेपोलीबाट पिएजसी पुगेयता काभानी टोलीका मुख्य खेलाडी रहँदै आएका छन् । त्यसयता उनले हरेक सिजन औसतमा ३४ गोल गरेका छन् । गत सिजन पिएसजीका लागि उनले सबै खाले प्रतियोगितामा गरि ४० गोल गरेका थिए । पिएसजीसँग उनको सम्झौता सन् २०२० सम्मको छ ।

पिएसजीले भने उनलाई ८९ मिलियन पाउन्ड भन्दा कममा नबेच्ने मन बनाएको बताइएको छ । त्यसका लागि रियल तयार हुने नहुने अझै प्रष्ट भने पारेको छैन । यसैबीच, अन्य खेलाडी भन्दा अघि गोलकिपर थिबाउट कोर्टियस रियल पुग्ने अपेक्षा गरिएको छ ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.