default_image

7 years ago

July 26, 2018

एसियाड र साफका लागि नेपालले थाइल्यान्डमा प्रशिक्षण गर्ने, अर्को साता जाने

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्को महिना हुने आसन्न एसियाड र बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीले थाइल्यान्डमा विशेष प्रशिक्षण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले थाइल्यान्डमा १० दिन लामो विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेल्ने पक्का भएको बताएको छ ।

एन्फाका अनुसार २९ सदस्यीय खेलाडी र अफिसियलको टिम ३ अगस्टमा थाइल्यान्ड प्रस्थान गर्नेछ । नेपालले प्रशिक्षणमा रहँदा थाइल्यान्डको राष्ट्रिय टोली र शीर्ष डिभिजनको एक क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी गराए । एसियाड १४ अगस्टबाट १ सेप्टेम्वरसम्म र साफ च्याम्पियनसिप ४ सेप्टेम्वरबाट बंगलादेशमा शुरु हुनेछ ।

एसियाडमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा जापान, भियतनाम र पाकिस्तान रहेका छन् । यस्तै साफ च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । नेपालले एसियाड र साफ च्याम्पियनसिपका लागि पछिल्लो तीन महिनादेखि निरन्तर प्रशिक्षण गरिरहेका छन् ।

एसियाड र साफ च्याम्पियनसिपको सम्भावित टोली
१. अभिषेक रिजाल
२.आदित्य चौधरी
३. एलेन न्यौपाने
४. अनन्त तामाङ
५. अन्जन विष्ट
६. भरत खवास
७. विकेश कुथु
८. विमल घर्तीमगर
९. विराज महर्जन
१०. बिशाल राई
११. देवेन्द्र तामाङ
१२. दिनेश राजवंशी
१३. गौरव बुढाथोकी
१४. जर्ज प्रिन्स कार्की
१५. हेमन गुरुङ
१६.हेमन्त थापामगर
१७. कमल श्रेष्ठ
१८. किरण चेम्जोङ
१९. नवयुग श्रेष्ठ
२०. रविन श्रेष्ठ
२१. रोहित चन्द
२२. सन्तोष तामाङ
२३. सोजित गुरुङ
२४. सुजल श्रेष्ठ
२५. सुमन अर्याल
२६. सुमन लामा
२७. सुनिल बल
२८. तेज तामाङ
२९. छिरिङ गुरुङ

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.