default_image

7 years ago

July 26, 2018

टिटेले सन् २०२२ विश्व कपसम्म ब्राजिलियन टोली सम्हाल्ने

81 views

0 Bookmark

रियो (एजेन्सी) –टिटे सन् २०२२ को विश्व कपसम्म ब्राजिल फुटबल टोलीका प्रशिक्षक रहने भएका छन् । ब्राजिल फुटबल संघसँग उनले ४ वर्षको सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता गरेका छन् । कोरियनथेन्सलाई कोपा लिबर्टडोस र क्लब विश्व कप जिताएका टिटे २०१६ मा ब्राजिलियन टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।

उनको नेतृत्गमा ब्राजिल रुस विश्व कप २०१८ को क्वाटरफाइनल सम्म पुगेको थियो । क्वाटरफाइनलमा ब्राजिल बेल्जियम सँग २–१ ले पराजित भएको थियो । ५७ बर्षीय टिटेले सम्झौता नविकरणपछि भनेका छन्, ‘धेरै खुसि छु र यो मेरो लागि धेरै ठुलो चुनौती पनि हो ।’

ब्राजिल फुटबल महासंघले भनेको छ, ‘हामीले लामो योजनाका लागि यो सम्झौता गरेका छौ र जेनेरल म्यानेजरका लागि आर्सनल पूर्व मिडफिल्डर इडुलाई पनि अनुबन्ध गरेका छौ ।’

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.