7 years ago
July 26, 2018
क्यालिफोर्निया (एजेन्सी) – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा पहिलो जित निकालेको छ । अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको युनाइटेडले बिहिबार बिहान भएको खेलमा इटालियन क्लब एसी मिलानलाई सडन डेथमा जित निकालेको हो ।सडन डेथमा पुगेको खेलमा युनाइटेड ९-८ ले विजयी रह्यो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा युनाइटेडले बाजी मा¥यो । १२ औं मिनेटमा एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, युनाइटेडको तयो अग्रता तीन मिनेट पनि टिकेन १५ औं मिनेटमा सुसोले बराबरी गोल फर्काए । त्यसपछि गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिन पुग्यो ।
यता, बिहिबार बिहानै भएको अर्काे खेलमा इंग्लिस क्लब टोटनह्यामले सहज जित निकालेको छ । टोटनह्यामले इटालियन एएस रोमालाई ४–१ को सहज जित निकालेको हो । क्यालिफोर्नियामा भएको खेलमा टोटनह्यामलाई सहज जित दिलाउन फर्नान्डो लोरेन्टे र लुकास मोउराले समान दुई गोल गरे ।
रोमाका प्याट्रिक सेकले एक गोल गरे । टोटनह्यामले रोमाले लिएको सुरुवाती अग्रता उल्टाएर जित हासिल गरेको हो । तेस्रो मिनेटमा प्याट्रिकले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा लोरेन्टेले बराबरी गोल फर्काए । १८ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा ल्याए । २८ औं मिनेटमा पहिलो गोल गरेका मुराले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यमलाई ४–१ को सहज जित दिलाए ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]