7 years ago
July 26, 2018
न्यू जर्सी (एजेन्सी)- प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक गोल गरे ।
प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध लिभरपुलले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भयो । ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सलाहले बराबरी गोल फर्काए ।
९० औं मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । प्रि–सिजनमा लिभरपुलको यो पहिलो जित हो । यसअघिको पहिलो खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको थियो । प्रि–सिजनमा सिटीको यो दोस्रो हार हो । यसअघि सिटी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएको थियो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]