default_image

7 years ago

July 25, 2018

यसपटक ‘वार्म अप’ ए सहिद स्मारक लिग

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा लिग नभएको पाँच वर्ष भैसकेको अवस्थामा यसपटक हुने सहिद स्मारक लिगलाई वार्म अप लिगको रुपमा राख्दै कुनै पनि रेलिगेसन नहुने बताएका छन् । २०७० मा सहिद स्मारक लिग भएयता फुटबलको मेरुदण्ड मानिने लिग हुन सकेको छैन । २०७२ मा राष्ट्रिय लिग भएको थियो ।

एन्फाको कार्यनीति, ग्रासरुट, विधान र नियमावलीको क्लबस्तरीय अन्र्तक्रिया एवम् कार्यशाला गोष्ठीमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले क्लबहरुको गाह्रो परिस्थितिका कारण रेलिगेसन गराउदा झनै समस्यामा पर्ने बताउदै यसपटक रेलिगेसन बिनाको लिग गराउन बाध्य बनेको बताए । तर, विश्वको जुनसुकै लिगमा रेलिगेसन गराउने र बढाउने नियम रहेको छ ।

‘लिग नभएको पाँच वर्ष भैसकेको छ । केही क्लब बाहेक अन्य ‘ए’ डिभिजन क्लबमा खेलाडी नै छैनन् । त्यसैले यसपटक रेलिगेसन नगर्ने गरी लिग गर्न खोजेका हौं ’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘हामीले हाम्रो समस्यालाई फिफा र एएफसी समक्ष पनि प्रस्तुत गरेका थियो । उनीहरुबाट पनि स्वीकृति पाएको छ । यसपटकको लिग अर्को वर्षको लागि वार्म अप लिगको रुपमा रहनेछ ।’

मोफसलका केही प्रतियोगिताहरुले मात्रै नेपाली फुटबल धानिरहेको अवस्थामा नेपालमा फुटबलको माहोल सिर्जना गराउनको लागि पनि यसपटकको लिगमा रेलिगेसन नहुने उनले स्पष्ट पारे । उनले अर्को वर्षबाट भने यो छुट नहुने बताए ।

यसपटकको ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट शुर भएर माघ १६ गतेसम्म सञ्चालन हुनेछ । ‘ए’ डिभिजन लिगमा १४ टोली रहेका छन् । लिगमा रुस्लान थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब छन् ।

त्यस्तै फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज क्लब हिमालयन शेर्पा क्लबले ए डिभिजनमा प्रतिस्पर्धा गर्नेछन् । च्यासल र एनआरटी ‘बी’ डिभिजन बाट पछिल्लो पटक एमा बढुवा भएको थियो ।

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.