7 years ago
July 27, 2018
होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे।
तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्।
उनले थपे , ‘अहिले म ३१ वर्षमात्र छु , त्यसैले अर्कोपटक पनि यो प्रस्ताव आउनेछ भन्नेमा म विश्वस्त छु। हाललाई म जर्मनी छाड्न चाहान्न। हाम्रो समाजमा राम्रो प्रस्ताव, ठूलो रकमको पछि दौडने चलन छ, तर म त्यो हेर्दिन। मैले मेरो करियरमा थप सुधार गरेमा पुनः अर्को मौका पाउनेछु। अहिले मेरो परिवारले देश छाड्न मिल्दैन। ‘
होफेन्हेममा राम्रो नातिजा निकाल्दै आएका उनको यो अन्तिम सिजन हुनेछ। २०१९/२० को सिजनबाट उनलाई अर्को जर्मन क्लब लोपेटुईगीले अनुबन्ध गरेको छ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]