7 years ago
July 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागिय टोली पुलिसलाई १–० ले निराश पार्दै लगातार दोस्रो खेल जितेको हो ।
अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बनेको थियो । उनले १२ औं मिनेटमा गोल गरेकी थिइन् । बुधबार नै भएको पहिलो खेलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबले काठमाडौंलाई १०–० ले हराएको थियो ।
एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले ५ र अनिता केसीले ह्याट्रिक पुरा गरिन् । अनिता बस्नेत र अनु लामाले समान १ गोल गरे ।
३ विभागिय टोलीसहित महिला लिगमा ५ टोलीको सहभागिता रहेको छ । विभागिय टोलीले स्वत तथा काठमाडौं र रौतहटले छनोट चरण पार गर्दै लिगमा स्थान पाएका थिए ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]