default_image

7 years ago

July 25, 2018

एपिएफको सहज जित, सावित्राको ५ गोल

64 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले फराकिलो जितका साथ उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हरायो । एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले ५ र अनिता केसीले ह्याट्रिक पुरा गरिन् । अनिता बस्नेत र अनु लामाले समान १ गोल गरे ।

काठमाडौंको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसँग ४–० ले पराजित भएको थियो । एपिएफलाई पहिलो खेलमा सहज जित दिलाउन अनिताले ३० मिनेट भित्रै ह्याट्रिक पुरा गरिन् भने सावित्राले त्यसपछि ५ गोल गरेकी थिइन् ।

पहिलो गोल दोस्रो मिनेटमा गरेकी अनिताले ३० औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । उनले दोस्रो गोल २० औं मिनेटमा गरेकी थिइन् । पहिलो गोल ३२ औं मिनेटमा गरेकी सावित्राले दोस्रो गोल ५९ औं र ६१ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरिन् ।

सावित्राले त्यसपछि ८४ औं र ८५ औं मिनेटमा लगातार गोल गरिन् । एपिएफकी अनिता केसी खेलको उमन अफ दी म्याच घोषित भइन् । लिगमा तीन विभागियसहित ५ टोलीको सहभागिता रहेको छ ।

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.