7 years ago
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मै यथावत रहेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) बुधबार सार्वजनिक गरेको नया टाइसिट ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मै यथावत रहेको हो । नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन् ।
एसियाडमा प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स (युएई) छुटेका कारण एसियाड आयोजक समितिले पुन टाइसिट ‘ड्र’ सार्वजनिक गरेको थियो ।
सार्वजनिक भएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपे र प्यालेस्टाइन रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, बंगलादेश र कबतार रहेका छन् ।
यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर सिस्टे र सिरिया रहेका छन् । समूह ‘ईं’ मा कोरिया रिपब्लिक, किर्गिस्तान, मलेसिया, बहराइन र युएईं रहेका छन् । यस्तै समूह ‘एफ’ मा साउदी अरेबिया, उत्तर कोरिया, इरान र म्यानमार रहेका छिन् ।
एसियाडमा यु–२३ का खेलाडीहरु हुनेछ । ओलम्पिकको नियमअनुसार एसियाडमा सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीको सिफारिसमा एसियाडका लागि २० सदस्यीय टिमको घोषणा गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ ।
एसियाडमा सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई छनोट गरेको छ । विशाल भरत खवासको स्थानमा आएका हुन् । भरतले ग्रोइन इन्जुरीका कारण एसियाड गुमाउने भएपछि उनको स्थानमा कोजीले विशाललाई मौका दिएका हुन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]