default_image

6 years ago

July 24, 2018

रौतहटमा महिला फुटबल एकेडेमी बन्ने

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष खेलाडीका लागि एकेडेमी स्थापना भएको दुई दशक पछि नेपालमा महिला फुटबल खेलाडीका लागि पनि एकेडेमी बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार रौतहटको चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने भएको छ । पुरुष फुटबल खेलाडीका लागि नेपालमा २०५४ सालबाट एकेडेमी सुरु गरिएको थियो ।

फाइल तस्बिर

विश्व फुटबल महासंघ (फिफा) को स्वीकृतिमा रौतहटमा सुविधासम्पन्न होस्टेल, स्तरीय मैदानसहितको एकेडेमी बन्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । महिला फुटबल टेक्निकल सेन्टरको स्थापनाका तीन साताअघि फिफालाई प्रस्ताव गरेको र सोही अनुसार करिब ४ करोडको बजेटमा फिफाले स्वीकृति दिएको अध्यक्ष शेर्पाले बताए ।

एकेडेमीका लागि रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाले स्थानीय वन उपभोक्ता समितिसँग २५ वर्षका लागि लिजमा उपलब्ध गराउने जग्गामा एकेडेमी निर्माण हुनेछ । फिफा बाहेक एकेडेमीमा सरकारको पनि सहयोग रहने बताइएको छ । उपलब्ध गराएको जग्गामा संरचना निर्माण गर्न छिट्टै टेण्डर प्रक्रिया अघि बढाइने अध्यक्ष शेर्पाले जानकारी दिए । एकेडेमीमा बढीमा ६० जना खेलाडीहरु रहन सक्नेछन् ।

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]

October 15, 2024

फ्रान्सको लगातार तेस्रो जित

एजेन्सी – फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । फ्रान्सले सोमवार बेल्जियममाथि २-१ जित हात पार्यो । बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले २ गोल गरे । बेल्जियमका लागि लोइस ओपेन्डाले १ गोल फर्काए। खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो […]

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

Success

Thank you for your time.