7 years ago
July 25, 2018
म्याड्रिड (एजेन्सी)- स्पेनिल ला लिगामा सबैभन्दा चर्चित मानिने क्याटलान क्लब बार्सिलोना र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको अक्टोबर महिनामा हुने भएको छ ।
स्पेनिस फुटबल संघले मंगलबार सार्वजनिक गरेको सन् २०१८/१९ को खेल तालिका अनुसार बार्सिलोना र रियलबीचको सिजनको पहिलो एल क्लासिको आउदो अक्टोबर २८ हुने भएको हो । पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ ।
दोस्रो एल क्लासिको अर्काे वर्षको मार्च ३ मा रियलको घरेलु मेदानमा हुनेछ । यस सिजनको एल क्लासिकोमा रोनाल्डो उपलब्ध हुनेछैनन् । उनी दुई साता अघि मात्रै इटालियन क्लब युभेन्टस्मा १ सय मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध भएका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]