7 years ago
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका पात्र हुन्, मेजुट ओजिल । अहिले जर्मनीमा चर्को बहस चलिरहेको छ । एक थरी भन्छन्, सायद ओजिल ठीक छन्, हामीमै केही कमी भएको हो कि ?
अर्को थरी ठोकेर भन्छ, होइन, ओजिल गलत नै छन् । पहिलो पूरा घटनाक्रमको पृष्ठभूमिमा जाऔं । जर्मनी विश्वकप २०१८ मा डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत भएको थियो, तर पहिलो चरण पनि पार गर्न सकेन । यस्तोमा यसको दोष कसको काँधमा टिकाउने भनेर चलखेल हुँदा पहिलो आरोपित रहे, यिनै ओजिल । ओजिलको जर्मन टिमप्रतिकै समर्पणमा शंका गरियो । ओजिल जर्मन त हुन्, तर यससँगै जोडिएर आउँछ, उनको टर्कीसम्मको सम्बन्ध ।
उनको बाजे कामको क्रममा टर्की आए । पछि ओजिलको जन्म जर्मनीमै भयो । ओजिललाई अझै पनि आफ्नो पुर्खा टर्कीको भएकोमा गर्व छ र विश्वकप अगाडि मात्र उनले केही साथी खेलाडीसँग टर्कीका राष्ट्रपतिसँग तस्बिर पनि खिचाए । विश्वकपबाट जर्मनी के बाहिरियो, यही निहुँमा उनको चर्को आलोचना भयो । यसका जवाफमा ओजिलले भने घोषणा गरे, अब जर्मनीका लागि खेल्ने छैन । उनको भनाइ थियो, ‘जित्दा म जर्मन नै हुन्छु, हार्दा भने म टर्कीको हुन्छु ।’
उनको यो भनाइ आएयता केही जर्मनले के माने भने सायद त्यहाँको समाजमा अझै केही त्रुटी छ र यसै क्रममा त्यहाँका जर्मनहरूले सायद आप्रवासीहरूलाई हेर्ने नजर परिवर्तन भएको पनि छैन । अझै पनि आप्रवासी जर्मनलाई दोस्रो दर्जामै राखिन्छ । त्यसैले पनि ओजिलले यसपल्ट मुख खोल्न बाध्य भए कि ? यो समूह भन्छ, जर्मन समाज अझ उदार हुनु पर्छ र आफ्नोमा भएको विविधतामा गर्व र खुसी मान्नु पर्छ । यो त भयो, उदार जर्मनहरूको तर्क ।
त्यहाँ उत्तिकै अनुदार जर्मन पनि त छन् । उनीहरू भन्छन्, जर्मनमा ओजिल जस्ता धेरै छन्, जसले जर्मनीबाट सबथोक पाए, तर उनीहरूले त्यसको ऋण तिर्न खोज्दा भने जर्मनी भन्दा आफ्नो पुर्खाको देश सम्झिन गर्छन् । यो समूहलाई जर्मनीले धेरै आप्रवासीलाई आफ्नो भित्र्याएकोमा पनि आक्रोस छ । उनीहरू तर्क गर्छन्, जर्मन हौ भने जर्मन जस्तै रहनु पर्छ । सायद यस्तो विचार अतिवादी पनि छ र यस्तै अतिवादीको कारणले जर्मनीले इतिहासमा धेरै हन्डर पनि खाइसकेको छ । जर्मन समाजले अब कस्तो बाटो तय गर्छ, त्यो हेर्न लायक हुनेछ ।
-एजेन्सीको सहयोगमा
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दीप कार्कीले असफल पार्दै टोलीलाई […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]