7 years ago
July 24, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रान्सेली क्लब बोर्डोबाट माल्कम भित्र्याउने लगभग पक्का भएको छ । २१-वर्षे विङर माल्कम हिजो एस रोमाका लागि प्रस्थान गर्ने भनिए पनि बार्सिलोनाले उनी माथि चासो देखाएपछि उनको सरुवा रोकिएको थियो ।
गोल डटकमका अनुसार बार्सिलोनाले माल्कमका लागि ४१ मिलियन युरो खर्चिने छ । सोमबार मात्र रोमाले माल्कमलाई ३८ मिलियन युरोमा भित्र्याउने पक्का भए पनि अन्तिम समयमा बार्सिलोनाले उनलाई ‘हाइज्याक’ गरेको हो ।
माल्कम मङलबार मेडिकलका लागि रोम प्रस्थान गर्ने भनिएको थियो । विमानस्थलमा रोमाका समर्थकहरु उनलाई स्वागत गर्न पनि बसेका थिए । तर अब उनी बार्सिलोनासंग ५ वर्षका लागि आबद्ध हुने छन् ।
माल्कमसंगै बार्सिलोना चेल्सीको विलियनको पनि सम्झौता पक्का गर्ने तर्खरमा रहेको छ । माल्कमले गत सिजन बोर्डोबाट १२ गोल र ८ असिस्ट गरेका हुन् । उनलाई आर्सनल, टोटनह्याम र बायर्न म्युनिखले पनि पछ्याई रहेको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]