7 years ago
July 23, 2018
पर्थ (एजेन्सी)–युरोपियन क्लब लिग फुटबल शुरु हुनु अघिको प्रि–सिजन अभ्यास खेलमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ । इंग्लिस प्रिमियर लिग शुरु हुनुअघि अष्ट्रेलिया भ्रमणमा रहेको लन्डन क्लब चेल्सीले घरेलु टोली पर्थ ग्लोरीलाई १–० ले पराजित गर्दै प्रि–सिजनको अभ्यास खेलमा विजयी भएको हो ।
चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेजले खेलको पाँचौ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै नव नियुक्त प्रशिक्षक मौरिसियो सारीले क्लबको प्रशिक्षण सम्हालेको पहिलो खेलमै जित दिलाउन सफल भए । उनी एक साताअघि मात्र चेल्सीको प्रशिक्षकमा नियुक्त भएका थिए ।
प्रि– सिजनको पहिलो खेलमा क्लबमा अनुबन्ध गराएका जर्जिन्हो र हड्सन ओडोईलाई पनि डेब्यु गराएका थिए । खेलको पाँचौ मिनेटमा चेल्सीबाट डेब्यु खेल खेलिरहेका हड्सन ओडोईको क्रसमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले १–० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]