7 years ago
July 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको दोस्रो खेलमा रौतहटले सहज जित हासिल गरेको छ । रुश्मीकुमारी घिसिङले ह्याट्रिक गरेको खेलमा काठमाडौंलाई ४–० ले हराउँदै रौतहटले जितबाट लिगको यात्रा थालेको हो ।
गोल गरेपछि रौतहटकी रश्मीकुमारी घिसिङ । उन ह्याट्रिक गरेकी थिइन् । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद
दोस्रो हाफमा ९ मिनेट भित्र रश्मीले ह्याट्रिक पुरा गरेपछि रौतहटको जित सहज बनेको थियो । अर्को गोल मनीषा राउतले गरिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको सोमबारको उद्घाटन खेलाम त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो । आर्मीका लागि शर्मिाला थापाले गोल गरेकी थिइन् ।
दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ५० औं मिनेटमा गोलको खाता खोलेकी रश्मीले ५९ औं मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । उनले दोस्रो गोल ५६ औं मिनेटमा गरिन् । मनीषाले ६८ औं मिनेटमा गोल गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको लिगमा तीन विभागिय टोलीसहित ५ टोलीको सहभागिता रहेको छ । जिल्ला राष्ट्रिय प्रतियोगितामा विजयी हुँदै रौतहट र काठमाडौंले लिगमा स्थान बनाएका थिए । राउन्ड रोविन लिगको आधारमा लिग साउन १५ गते सम्म चल्नेछ ।
लिगको प्रदर्शनका आधारमा महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लिगको विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । लिगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ ।
व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ लिगको तयारीका लागि एन्फाले सहभागी टिमलाई ५० हजार उपलब्ध गराउने बताएको छ । राष्ट्रिय खेदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]