default_image

7 years ago

July 23, 2018

महिला लिगमा आर्मीको विजयी सुरुवात

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको उद्घाटन खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै आर्मी विजयी सुरुवात गरेको हो ।

बल नियन्त्रणको प्रयासमा आर्मीकी शर्मिला थापा । उनकै गोलमा आर्मी विजयी भएको थियो । तस्बिर – विवेक सुवेदी /हाम्रो खेलकुद

खेल सकिन ८ मिनेट बाँकी रहँदा शर्मिला थापाले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको लिगमा तीन विभागिय टोलीसहित ५ टोलीको सहभागिता रहेको छ । जिल्ला राष्ट्रिय प्रतियोगितामा विजयी हुँदै रौतहट र काठमाडौंले लिगमा स्थान बनाएका थिए ।

राउन्ड रोविन लिगको आधारमा लिग साउन १५ गते सम्म चल्नेछ । लिगको प्रदर्शनका आधारमा महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लिगको विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

लिगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ । व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ लिगको तयारीका लागि एन्फाले सहभागी टिमलाई ५० हजार उपलब्ध गराउने बताएको छ ।

सोमबार नै रौतहट र काठमाडौंबीच प्रतिस्पर्धा भइरहेको छ ।राष्ट्रिय खेदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.