7 years ago
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीले सोमबारबाट सुरु हुने उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा तीन विभागीयसहित ५ टोलीको सहभागिता रहने एन्फाले जनाएको छ ।
पुलिस, आर्मी,एपिफ तथा रौतहट र काठमाडौं जिल्लाले लिगमा प्रतिस्पर्धा गर्दैछन् । रौटहट र काठमाडौं जिल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको विजेताका रुपमा लिगका लागि छनोट भएका हुन् । राउन्ड रोविन लिगको आधारमा हुने लिग ७ गतेबाट १५ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुनेछ ।
पुलिस र आर्मीबीचको उद्घान खेल दिउँसो १ बजे हुनेछ । सोमबार नै रौटहट र काठमाडौंबीच दिउसो ३ बजे प्रतिस्पर्धा हुनेछ । लिगलाई महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लिगको विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
लिगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ । व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ लिगको तयारीका लागि एन्फाले सहभागी टिमलाई ५० हजार उपलब्ध गराउने बताएको छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]