7 years ago
July 23, 2018
पेरिस (एजेन्सी) –चेल्सी मिडफिल्डर टिइमोवे बाकायोकोले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । गत साता फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक एमबाप्पे अरुभन्दा निकै राम्रो खेल्ने बाकायोकोले बताएका छन् ।
विश्व कपका युवा खेलाडी घोषित एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को जितमा एक गोल गरेका थिए । फ्रान्सले १९९८ पछि दोस्रो पटक विश्वकपको ट्रफी जित्दा उनी हिरो भएका थिए । एमबाप्पे ब्राजिलियन पूर्व फुटबल स्टार पेले पछि विश्वपमा गोल गर्ने पहिलो युवा खेलाडी बने । उनी केहि बर्षमै हावि हुने अनुमान समेत गरिएको छ ।
मोनाको पूर्व सहकर्मी समेत रहेका २३ वर्षे बाकायोकोले एमबाप्पे लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडीको महसुस गरेको बताएका छन् । ‘म उनको सफलतामा आश्चर्यचकित छैन किनभने उनी जवान भएपनि परिपक्व छन्’ बाकायोकोले भने, ‘उनी धेरै बुद्धिमानी खेलाडी हुन र मलाई लाग्छ उनको विशेषताका आधारमा उनी अरु भन्दा उत्कृष्ट छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]