7 years ago
July 22, 2018
दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाल राष्ट्रिय टोलीका प्रशिक्षक ग्यातुकी कोजीले इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुने एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेका छन्।
यू २३ टोलीको प्रशिक्षण गरिरहेका कोजीले बंगलादेशमा हुने साफ च्याम्पियनशिपलाई प्राथमिकताको रुपले हेरेका छन्। “हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन गेम्स साफका लागि तयारी हो”, उनले आइतबारको प्रशिक्षण पछि मिडियासँग भने।
त्यस्तै कोजीले टोलीको फिटनेसलाई लिएर चिन्तित रहेको बताए, “अहिले हामी टोलीमा फिटनेसलाई मध्यनजर गर्दै प्रशिक्षण गराउँदै छौं। यसले राम्रो नतिजा पनि दिन सक्छ। तर नयाँ प्रयोग भएका कारण नकारात्मक नतिजा आउने सम्भावना रहेकोले म चिन्तित छु”, उनले थपे। त्यस्तै प्रशिक्षक कोजीले टोलीलाई मैत्रीपूर्ण खेलहरुको आवश्यकता रहेको पनि बताए।
यू-२३ टोलीमा ३ सिनियर टोलीका खेलाडीहरुलाई स्थान दिने प्रावधान छ, जसमध्ये कोजीको रोजाईमा परेका स्ट्राइकर भरत खवासले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको छ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]