7 years ago
July 22, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो ।
दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा च्याम्पियनले तीन महिना अघि विलियन लिन पहिलो पटक प्रयास गरेको थियो । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले पनि मेमा उनका लागि प्रस्ताव गरेको थियो ।
विलियन आफै पनि एन्टोनियो कोन्टे प्रशिक्षक रहँदा क्लब छाड्ने मनस्थितिमा रहेका थिए । यद्दपी अहिले टोलीमा मारिजो सारी नयाँ प्रशिक्षकका रुपमा चेल्सी पुगेका छन् । गत सिजन चेल्सीको उत्कृष्ट खेलाडी बनेका विलियनले युनाइटेडविरुद्धको फाइनलमा टोलीका लागि एक मात्र निर्णायक गोल गरेका थिए ।
गत सिजन बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा एक मात्र गोल पनि विलियनले गरेका थिए । सन् २०१३ मा रसियन क्लबबाट चेल्सी पुगेयता २ सय ३६ खेल खेल्ने क्रममा उनले ४४ गोल गरिसकेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]