7 years ago
July 22, 2018
म्याड्रिड (एजेन्सी) – ब्राजिलका युवा प्रतिभा भेनेसियस जुनियरलाई भित्राउने स्पेनिस जाइन्ट रियल म्याड्रिडको योजना पुरा भएको छ । १८ वर्षे भेनेसियसलाई अघिल्लो वर्ष नै क्लबले अनुबन्ध गर्ने प्रयास गरेपनि उमेरका कारण यो सिजन मात्रै लिन सम्भव भएको थियो र टोलीले उनलाई शुक्रबार सार्वजनिक गरेको थियो ।
स्पेनमा विदेशी खेलाडी अनुबन्ध गर्नका लागि खेलाडीको उमेर १८ वर्ष उमेर नाघेको हुनुपर्ने प्रावधान छ । रियलले भेनेसियसलाई ब्राजिली क्लब फ्लेमिङ्गोबाट ४५ मिलियन पाउन्डमा सान्टियोगो बर्नबेउ ल्याएको हो । भेनेसियसले ब्राजिलका आइडल नेयमार जुनियरसँग क्लबमै खेल्ने चाहना राखेका छन् । तर, उनले नेयमारसँग क्लबबाट मात्रै नभई ब्राजिली टिमबाट मात्रै सम्भव हुन सक्ने बताएकबा छन् ।
‘मेरो ब्राजिली आइडल नेयमारसँगै क्लब फुटबलमा खेल्ने चाहना छ । तर, यो सिजन रियल मा सम्भव होला जस्तो देखेको छैन ’ भेनेसियसले भनेका छन्, ‘ब्राजिली आइडल नेयमार र मेरो खेल्ने पोजिसन एकै हो । यो अब राष्ट्रिय टिमबाट मात्रै सम्भव देखेको छु ।’ भेनेसियसलाई ब्राजिलका रोनाल्डोसँग पनि तुलना गरिएको छ । उनले भने, ‘मेरो लागि रोनाल्डो र नेयमार दुवै आदर्श व्यक्ति हुन् ।’
रियलका सर्वाधिक गोलकर्ता क्रिस्यिानो रोनाल्डोले क्लब छाडेपछि क्लबले रोनाल्डोको विकल्पमा नेयमार, इडेन हजार्ड, ह्यारी केन, केलियन एमबाप्पे जस्ता खेलाडी अनुबन्ध गर्ने प्रयासमा छ । हजार्डले मात्रै क्लब छोड्न सक्ने संकेत गरिरहँदा नेयमार र एमबाप्पेले पिएसजीमै बस्ने संकेत दिएका छन् । केनले पनि टोटनह्याम छाड्ने सम्भावना कम छ ।
‘नेयमार मेरो आइडल हो । उनी सारा ब्राजिलको आइडल पनि हो । उनीसँग खेल्ने मेरो सपना छ , उनले भने, यदि भगवान साथमा छ भने यो छिट्टै ब्राजिली टिमबाट सम्भव हुन सक्छ । र मैले उनीसँगै खेल्नेछु ।’ रियलका अध्यक्ष फियोरेन्टिना पेरेजले रोनाल्डाको बर्हिगमनसँगै टिमलाई अझै सशक्त बनाउने बताइरहेका छन् । उनले ब्राजिलबाट भेनेसियस र इटालीबाट अल्भेरो ओर्डिजोला जस्ता युवा प्रतिभाहरुको आगमनले टिम बलियो बन्दै गएको संकेत गर्दै छिट्टै टिम बलियो बन्न सक्ने बताएका छन् ।
‘हामी अझै उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्ने प्रयासमा छौं । हामीले भेनेसियस र ओर्डिजोलाजस्ता युवा प्रतिाभाहरु क्लबमा अनुबन्ध गरिसकेका छौं । अझै उत्कृष्ट खेलाडीहरु थप्ने प्रयासमा छौं ’ पेरेजले भने, ‘युवा खेलाडीहरुमा ड्रिब्लिङ, टेक्निक, गति र गोल गर्ने क्षमता छ । मलाई विश्वास छ कि यही युवा टिमबाट रियलको नयाँ युग सुरु हुनेछ ।’
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]