7 years ago
July 22, 2018
म्याड्रिड (एजेन्सी)– बेजिल्यम फुटबल टोलीका कप्तान एवंम् चेल्सीका फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडसँग सम्झौताको निकट रहेको बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । हाजार्ड र रियलबीच केहि दिनमा सम्झौता हुने सक्ने समाचारहरुमा उल्लेख छन् ।
केहि वर्षयता देखि नै हाजार्ड रियल जाने चर्चा चले पनि त्यो सफल हुन सकेको थिएन । विश्व कपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनपछि रियलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स सरुवा भएपछि क्लबको फरवार्ड लाइनमा समस्या पर्ने देखिएको छ । त्यस कारणपनि उनको विकल्पका रुपमा हाजार्डलाई भित्राउन रियल हतारिएको बताइएको छ ।
बेल्जियमका केहि सञ्चारमाध्यमले हाजार्डका बाबु र रियलबीच छलफल भएको उल्लेख गरेका छन् । हाजार्डका बाबु उनका एजेन्ट पनि हुन् । सो समाचारमा १ सय ९० मिलियन युरोमा दुई पक्षबीच सम्झौता अन्तिम चरणमा पुगेको पनि जनाइएको छ ।
अर्को तिर चेल्सी पनि उनको पारिश्रमिक बढाएर भएपनि हाजार्डलाई राख्न चाहन्छ । हाजार्ड आफैले पनि रियल जाने इच्छा यसअघि नै देखाइसकेकोले रोक्न सहज भने छैन । रोनाल्डोको विकल्पका रुपमा हेरिएका केहि खेलाडी मध्ये हाजार्ड पनि एक हुन् ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]