7 years ago
July 22, 2018
ललितपुर (हाम्रो खेलकुद) – एसियाली खेलकुदका लागि २३ वर्षमाथिबाट छानिएका तीन मध्येका खेलाडी भरत खवास चोटका कारण प्रतियोगिता नखेल्ने पक्का भएको छ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गर्दा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवासलाई समावेश गरिएको थियो ।
ग्रोइन इन्जुरीका कारण भरत फिट नभएपछि उनको स्थान राष्ट्रिय टोलीका अर्का नियमित सदस्य विशाल राईले लिने प्रशिक्षक ग्योतोकी कोजुले हाम्रोखेलकुदलाई जानकारी दिए ।
१८ औं एसियाली खेलकुद इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुनेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]