default_image

7 years ago

July 22, 2018

रोनाल्डोले दिए २० हजार युरो टिप्स

61 views

0 Bookmark

एथेन्स (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसमा छुट्टी सकेर फर्कने बेलामा होटलका कर्मचारीलाई ठूलो रकम टिप्समा दिएका छन् । पश्चिम पेलोपोनिज स्थीत कोस्टा नभारीनो रिसोर्टमा १० दिन छुट्टी मनाएर फर्कने बेलामा उनले कर्मचरीलाई बाड्न भन्दै २० हजार युरो दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

रोनाल्डोले आफ्नो परिवारलाई गरेको सेवा र पापाराजीबाट टाढा राख्न सयहोग गरेको भन्दै रकम दिइएको बताइएकोछ । त्यो रकम रिसोर्टका १० जना कर्मचारीलाई २ हजार युरोका दरले वितरण गरिएको छ । ग्रिस स्पोर्टस म्यागेजिन अनलाईन स्पोर्टटाइम डट जिआरका अनुसार ३३ वर्षे रोनाल्डो ग्रिसको आतिथ्यताबाट पनि प्रभावित भएका छन् ।

उनको कप्तानीमा रहेको पोर्चुगल विश्वकप बाट अन्तिम १६ बाट बाहिरिएपछि उनी परिवार र साथीहरुसहित ग्रिस पुगेका थिए । ‘ रोनाल्डो र उनको परिवारलाई हेर्न पाउनु हाम्रो टिमको लागि एक सम्मान र उत्कृष्ट अनुभव थियो ।’ कर्मचारीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘ धेरै धेरै धन्याबाद छ रोनाल्डो, हाम्रो कथाको अंश बनेको मा ।’

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.