7 years ago
July 21, 2018
रियो (एजेन्सी) – विश्वकपमा डाइभ गरेको आरोपमा विभिन्न आलोचना खप्दै आएका ब्राजिलियन फुटबलर नेयमारले आलोचकहरुले उनको पीडा कहिल्यै नबुज्ने बताएका छन्।
रुस विश्वकपमा नाटक गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न मजाकका पात्र बनेका नेयमारलाई व्यंग्य गर्दै दक्षिण अफ्रिकामा टेलिभिजन विज्ञापन पनि बनाइएयो।
उक्त व्यंग्यबारे स्काई स्पोर्ट्ससँग बोल्दै नेयमारले उनको भोगाई मजाक नभएको बताए। ‘हरेक खेल पछि म ४ देखि ५ घण्टासम्म दुखाईमा हुने गर्दछु। यो कुनै मजाकको विषय हैन। मेरो पिडा नभोगेसम्म कसैले बुझ्न सक्दैन ‘, नेयमारले भने।
‘म हरेक पटक खेलाडीलाई छक्याउँदै बल ड्रिबल गर्छु। कतिपय मलाई रोक्ने प्रयास गर्दै म विरुद्ध फाउल हुन्छ। यो निकै कष्टकर हुन्छ’, नेयमारले थपे।
यो विश्वकपमा नेयमारविरुद्ध १० पटक विपक्षी खेलाडीले फाउल गरे। विश्वकप इतिहासमा पछिल्लो २० वर्षमा कुनै एक खेलाडीविरुद्ध यो सर्वाधिक फाउल हो।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]