9 years ago
February 12, 2016
हेटौंडा, २९ माघ
आज फागुन १ गतेदेखि ८ गतेसम्म हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल–२०७२ को तयारी करिब पूरा भएको छ । सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी सम्पन्न भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै घरेलु टोलीको अन्तिम सूची पनि सार्वजनिक गरेको थियो । अन्तिम सूचीअनुसार घरेलु टोलीबाट कर्ण लिम्बु, योगेश गुरुङ, शिव श्रेष्ठ, घानाका एलबिस र नाइजेरियाका पिटरलाई घरेलु टोलीमा आबद्ध गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन आयोजक टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाविरुद्ध भुटानको भुटान क्लियरिड्ड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै टोली समूह ‘ए’ मा छन् ।
भुटानको भुटान क्लियरिड्ड फुटबल क्लब शुक्रवार विहान हेटौंडा आएको छ । सोही समूहमा रहेका नेपाली सेनाको नेपाल आर्मी र काठमाडौंको सरस्वती युवा क्लबबीच फागुन २ गते दिउँसो साढे दुई बजे प्रतिस्पर्धा हुने प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए । दुवै खेलको विजेताले फाइनल प्रवेशका लागि अन्तिम चारमा प्रतिस्पर्धा गर्नेछन् ।
समूह ‘बी’ अन्तर्गत् लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र भारतको सिलिगुरी कञ्चनजंगा क्लबबीच फागुन ३ गते तथा सशस्त्र प्रहरीको एपीएफविरुद्ध पोखराको सहारा फुटबल क्लबबीच फागुन ४ गते प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको विजेताले सेमिफाइनलमा भिडन्त गर्नेछन् ।
प्रतियोगितामा दर्शकले प्याराफिटमा बसेर फुटबल हेर्ने नयाँ स्वाद पाउने भएका छन् । मकवानपुरमा गर्न लागिएको प्रतियोगितामा पहिलोपटक दर्शकले प्याराफिटमा बसेर फुटबल हेर्न पाउने भएका हुन् । त्यसका लागि आयोजक प्रतिष्ठानले करिब ६ लाख रुपियाँ खर्च गरेर फलामे प्याराफिट निर्माण गरेको छ । प्रतिष्ठानले पहिलोपटक गर्न लागेको प्रतियोगितालाई मध्यनजर गर्दै १ हजार २ सय दर्शक अट्ने क्षमताको प्याराफिट निर्माण गरेको महासचिव सविन न्यौपानले जानकारी दिए ।
महासचिव न्यौपानेले हेटौंडामा पहिलोपटक गर्न लागिएको अन्तर्राष्ट्रिय फुटबलमा दर्शकले नयाँ स्वाद पाउन सकुन् र प्रतियोगितालाई थप
स्तरीय बनाउन सकियोस् भन्ने उद्धेश्यले प्याराफिट निर्माण गरिएको बताए ।
प्याराफिटमा बसेर प्रतियोगिता हेर्न दर्शकले १ सय ५० प्रतिखेल तिर्नुपर्ने आयोजकले जनाएको छ । यदि सिजनल टिकट लिए १ हजार रुपियाँमात्र लाग्ने आयोजकले जानकारी दिएको छ । साधारण टिकटका लागि ५० रुपियाँ तोकिएको आयोजकले जनाएको छ ।२ फिटदेखि ९ फिटसम्म अग्लो प्याराफिटमा बसेर खेल हेर्दा दर्शकले नयाँ स्वाद अनुभूति गर्न पाउने आयोजकले जनाएको छ ।
गोल्डकपका लागि आयोजकले ६० जना स्पेशल स्वयम्सेवक परिचालन गर्ने जनाएको छ । आयोजकले उनीहरुलाई तालिम दिएको प्रतिष्ठान महासचिव न्यौपानेले जानकारी दिए । खेललाई मर्यादित बनाउन स्वयम्सेवक आवश्यक भएको भन्दै स्वयम्सेवकलाई तालिम दिइएको जनाइएको छ ।
जिल्ला विकास समिति मकवानपुर सहआयोजक रहेको प्रतियोगितामा कलर्स मोबाइलले मुख्य प्रायोजन गरेको छ । प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई मुख्य प्रायोजकले एक थान मोबाइल उपहार दिनेछ । सहप्रायोजकमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टले दोस्रो टिमलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ । उत्कृष्ट खेलाडी, गोलकर्ता, मिडफिल्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरिने अध्यक्ष खड्कीले जानकारी दिए । कुल ३९ लाख रुपियाँ खर्च अनुमान गरिएको प्रतियोगिताको पावर्ड वाईका रुपमा टाटा सुमो गोल्ड रहेको छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]