7 years ago
July 21, 2018
मिलान (एजेन्सी) – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले इटालियन क्लब एसी मिलानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेका छन् । युइएफएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिलानमाथि लागेको प्रतिबन्ध फुकुवा भएको उल्लेख गरेको छ । प्रतिबन्ध फुकुवासँगै मिलानले यो सिजन २०१८/१९ को सिजनको युरोपा लिग खेल्न पाउने भएको छ ।
मिलानले इटालियन सिरी ‘ए’ मा अघिल्लो सिजन छैटौ स्थानमा लिग सकाएको थियो । कोर्ट अफ आर्बिटेसन (कास) ले मिलानले क्लब लाइसेनिङ र फाइनान्सियल फेयर प्ले को नियमावाली उल्लङ्घन गरेको भन्दै यही जुनमा मिलानलाई युरोपा लिगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, मिलानले तत्कालै कासमा अपिल गरेपछि कासले मिलानको पक्षमा शुक्रबार निर्णय गरेको हो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]