7 years ago
July 21, 2018
लिभरपुल (एजेन्सी)-सायद ब्राजिली गोलरक्षक एलिसनलाई दोमन भइरहेको थियो, लिभरपुरतिर जाउँ अथवा एएस रोमामै रहौं । यस्तोमा उनले मोहम्मद सलाहको ‘टेक्ट्स मेसेज’ पाए । त्यसमा लेखिएरहेको थियो, ‘किन ढिला साथी ? आउ यतैतिर ।’ सलाह लिभरपुल आउन अगाडि रोमामै थिए । एलिसन सलाहलाई खुबै मान्थे । उनले पनि उत्तर फर्काए, ‘म आउँदै छुं, बाटोमा छुं अहिले ।’ र, यससँगै पूरा भएको विश्व फुटबलमा सर्वाधिक महँगो गोलरक्षकको ट्रान्सफर ।
लिरभपुलले यी गोलरक्षकका लागि रोमालाई ७ करोड ५० लाख डलर तिरेको थियो । यससँगै इटालीका गोलरक्षक जियानलुगी बफोनको नाममा रहेको कीर्तिमान भंग भयो, त्यो पनि १७ वर्ष पुरानो । सन् २००१ मा बफोनका लागि युभेन्ट्सले पार्मालाई ५ करोड २० लाख डलर बुझाएको थियो । त्यसैले अहिले विश्व फुटबलमा कोही एक खेलाडीको धेरै चर्चा भइरहेको छ भने ती यिनै एलिसन हुन् र उनलाई लिएर भन्न सुरू भएको छ, ‘यी त भविष्यका गोलरक्षक हुन् ।’
खासमा लिभरपुलको यो निकै राम्रो लगानी पनि हो । इंग्लिस प्रिमियर लिग क्लब लिरभपुलको गोलरक्षक समस्या अहिलेको होइन, निकै पुरानो हो । उसँग राम्रो विश्वस्तरीय गोलरक्षक हुथ्यो त, सायद यो क्लब अहिलेको युरोपेली च्याम्पियन्स लिग विजेता हुन्थ्यो । तर एलिसन आएयता लिभरपुल धेरै अर्थमा बलियो भएको छ र अहिले उसले प्रिमियर लिग मात्र होइन, च्याम्पियन्स लिगमै बलियो चुनौती पेस गर्न सक्छ । एलिसन स्वंयका लागि पनि यो राम्रो ‘मुभ’ हो ।
किनभने दाबी गर्न सकिन्छ, राम्रो प्रदर्शनको जुन महत्त्वकांक्षा लिभरपुलसँग छ, त्यस्तै महत्त्वकांक्षा रोमासँग छैन । त्यसैले त एलिसनलाई बेच्यो भनेर उसका समर्थकले क्लब व्यवस्थापनको घोर आलोचना भइरहेको छ । जे होस, अन्त्यमा सबैका लागि राम्रै भएको छ, लिभरपुलले अब्बल दर्जाको गोलरक्षक पाएको छ, एलिसनले महान इतिहास भएको क्लब पाएको छ, अनि रोमाले उत्तिकै चलखेल गर्न मिल्ने रकम पाएको छ । अब यो भन्दा बेसी कसलाई के चाहियो र ?
खासमा एलिसन निकै राम्रो गोलरक्षक हुन्, यसमा कुनै शंका नगरेर हुन्छ । उनी भर्खर २५ वर्ष भए । प्राय: ब्राजिलीले जस्तो उनले पनि एक शब्दको नाम लेख्न गर्छन । उनको वास्तविक नाम भने एलिसन रामेस बेकर हो । उनी रोमा आउन अगाडि ब्राजिलकै इन्टरन्यासलनमा थिए । गत सिजन उनी सिरी ‘ए’ कै उत्कृष्ट गोलरक्षक सावित भए । ब्राजिलका लागि भने विश्वकपमा उनले राम्रै गरे । त्यसैले भन्न करै लाग्छ, उनी ब्राजिलका नम्बर १ गोलरक्षक हुन् ।
उनको व्यक्तिगत जीवन पनि उत्तिकै रमाइलो छ । उनकी श्रीमती पेसाले चिकित्सक हुन् । एउटा छोरी छ, उनीहरूको । ब्राजिली खेलाडीमध्ये उनी साँच्चै ‘ह्यान्डसम’ पनि छन् । त्यसैले उनलाई ‘सेक्स सिम्बोल’ का रूपमा पनि लिइन्छ । महिला प्रशंसक उनी भनेपछि हुरुक्कै हुन्छन् र कतै भेटिहाले, उनको सकेसम्म नजिक आउन चाहन्छन् । उनलाई स्पर्श गर्न चाहन्छन् । एसिसन आफै भने महिला प्रशंसकको यो कामलाई लिएर लाज मान्ने गर्छ । र, दबाबमा पनि आउने गर्छन, किनभने उनीसँग प्राय: श्रीमती पनि हुने गर्छिन् ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]