default_image

9 years ago

February 12, 2016

माल्दिभ्सविरुद्वको खेल फाइनल सरहकै

111 views

0 Bookmark

गुहावटी, माघ २९ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली पुरुष फुटबल टिमले शनिबार फाइनल प्रवेशका लागि माल्दिभ्ससँग खेल्दैछ ।  खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ ।

football
बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले माल्दिभ्सविरुद्वको खेललाई फाइनलकै रुपमा लिने बताएका छन् ।
‘केही खेलाडीहरु घायते भएका कारण बंगलादेशविरुद्वको खेलमा उत्रन नसक्दा बंगलादेशसँग पराजित हुन पुग्यो ।’ प्रशिक्षक शाक्यले भने, ‘सेमिफाइनलका लागि नै उनीहरुलाई आरम दियौ । आशा छ उनीहरु माल्दिभ्सविरुद्वको खेलमा उत्रनेछ । बंगलादेशविरुद्वको खेलमा विमल घर्तीमगर, अन्जन विष्ट  र गोलरक्षक विकेश कुथुले खेलेका थिएनन् । यस्तै प्रशिक्षक शाक्यले माल्दिभ्सविरुद्वको खेलमा खेलाडीहरुले शत प्रतिशत खेल्दै फाइनल पुग्ने विश्वास लिएका छन् ।
यस्तै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाली महिला टिमले शनिबारै सिलोङमा श्रीलंकासँग लिग चरणको अन्तिम खेल खेल्नेछ । राउण्ड रोविनको आधारमा भएको खेलमा नेपाल सात अंकसहित शीर्ष स्थानमा छ ।
दक्षिण एसियाली खेलकुद सागमा नेपाल दुई पटक च्याम्पियन बनेको छ । नेपाल यसअघि सन् १९८४ र १९९३ मा च्याम्पियन बनेको थियो ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.