7 years ago
July 19, 2018
लन्डन (एजेन्सी) – इङ्लिस क्लब लिभरपुल तथा इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्सलेड च्याम्बरलेनले पुरा सिजन मैदान बाहिर रहने भएका छन् । अप्रिलमा च्याम्पियन्स लिग अन्र्तगत रोमाविरुद्धको पहिलो लेगमा दायाँ घुँडामा गम्भीर चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।
पूर्ण रुपमा फिट हुन अझै समय लाग्ने भएकाले सिजनभरका खेल गुमाउने क्लबले जनाएको छ । २४ वर्षे एलेक्सान्डर कोलारोभलाई ट्याकल गर्दै बल खोस्ने प्रयास गर्दा च्याम्बरलेनलाई घुँडामा चोट लागको थियो । चोट लागेको घुँडाको सबै भाग गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
उनको घुडाँको शल्यक्रिया गर्नेमध्येका डक्टर एन्डी विलियम्सले च्याम्बरलेन नोभेम्बरबाट उपलब्ध हुन सक्ने तर, खेल्न भने अझै केही समय कुर्नुपर्ने बताएका छन् । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्बरलेनको चोट पूर्ण रुपमा ठिक हुन अझै समय लाग्ने बताए । क्लोपले भने, यो सिजन उनले चोट मुक्त हुन र पुर्नस्थापनमा ध्यान दिने छन् ।’
चोटकै कारण च्याम्बरलेनले रुस विश्वकप गुमाएका थिए । च्याम्बरलेन गत सिजन आर्सनलबाट एनफिल्ड आएका थिए । उनले लिभरपुलका लागि पछिल्लो सिजन ४१ खेमा ५ गोल गरेका थिए ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]