default_image

7 years ago

July 19, 2018

युभेन्ट्सबाट रोनाल्डोको डेब्यू महिना दिनपछि मात्र हुन सक्ने !

54 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको जर्सीमा सिरि’ए’को सुरुवाती सातामा मात्र उत्रने सम्भावना देखिएको छ । युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा पोर्चुगिज स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि’ए’बाट मात्र खेल्ने सम्भावना छ । अमेरिकामा रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग पनि खेल तय तय छ ।

युभेन्ट्स टोली केहि दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका प्रस्थान गर्दैछ । जहाँ टोलीले जुलाई २६ मा बायर्न म्युनिख, जुलाई २८ मा बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्ट् र रोनाल्डोको पूर्व टोली रियलबीचको खेल अगस्ट ४ मा हुनेछ ।

रोनाल्डो विश्व कपपछि अझै विदामा रहेका छन् । प्रि सिजन भ्रमणमा नजाने भएपछि युभेन्ट्सबाट रोनाल्डोको डेब्यू अगस्ट १८/१९ मा हुने सक्नेछ । इटालियन सिरि’ए’को खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ । रसिया विश्व कपमा रोनाल्डोले ४ गोल गरेका थिए । तर उनको टोली प्रिक्वार्टरफाइनलमा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो ।

युभेन्ट्सको खेलाडीका रुपमा रोनाल्डो सोमबार सार्वजनिक भएका थिए । १ सय मिलियन पाउन्डमा रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोले ४ वर्षको सम्झौता गरेका छन् ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.