7 years ago
July 19, 2018
पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सका रक्षक राफेल भारानले विश्व कप जितेयताको भावना शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन् । २५ वर्षे रियल म्याड्रिडका भारानले विशेष खेलाडीका रुपमा सुचिकृत भएका छन् । जसले एकै वर्ष विश्व कप र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छन् ।
‘सबै अविश्वसनीय लाग्दैछ । २५ वर्षको उमेरमा विश्व कप जित्ने मेरो खेल जीवनका लागि विशेष हो,’ उनले भने, ‘यो सबै सफलताबाट प्राप्त भावनालाई शब्दमा बयान गर्न मलाई कठिन छ ।’
फाइनलपछि बार्सिलोनाका ओसमाने डेम्बेलेले जिस्काउँदै आफुलाई भनेको स्मरण गर्दै उनले भने, ‘उनले मलाई तिम्रो खेल जीवन पुरा भयो भन्दै ठट्टा गरे । मलाई विश्वास छ म यो प्रदर्शनलाई भविष्यमा पनि जारी राख्न चाहन्छु ।’
टोलीका सहकर्मी पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एमबाप्पेका विषयमा भारानले भने, ‘उनी निकै प्रतिभाव भएका खेलाडी हुन् । उनको खेल परिपक्क छ । उनी हाम्रो टोलीमा आउँदा खुसी लाग्छ । तर त्यो विषयमा हामी केहि भन्न सक्दैनौं । राष्ट्रिय टोलीमासँगै छौं । सफल खेल जीवनका लागि आवश्यक सबै चिज उनीसँग छ ।’
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]