default_image

6 years ago

July 17, 2018

‘नेयमार र एमबाप्पे दुवै पिएसजीलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन्’

37 views

0 Bookmark

पेरिस (एजेन्सी)– रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस फर्नान्डेजले बताएका छन् ।

सुपर स्टार रोनाल्डो रियल छाडेर युभेन्ट्स गएपछि उनको विकल्पमा रियलले नेयमार र एमबाप्पे भित्राउने लक्ष्य राखेका बताइएको छ । तर, दुवै सुपर स्टार पिएसजीलाई च्याम्पियन्स लिग जिताउनमा दृढ रहेको फर्नान्डेजले बताएका छन् ।

एक रेडियो अन्तरवार्तामा फर्नान्डेजले भने, नेयमारले पिएसजी रहने निर्णय गरेका छन् । उनी सफलता चाहन्छन् । विश्व कपमा उनको टोली ब्राजिलले सफलता प्राप्त गर्न सकेनन् । मलाइ लाग्छ उनी पिएसजीलाई उपाधि दिलाउन चाहन्छन् ।

एमबाप्पेका बारेमा फर्नान्डेजले थपे, उनी पनि यहाँ रहनेछन् । उनी आफैले यो प्रष्ट पारिसकेका छन् । उनी पिएसजीलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन् । हाम्रा लागि दुवै खेलाडी बस्नु महत्वपूर्ण विषय हो ।

पिएसजीले गत सिजन नेयमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरो र १९ वर्षे फ्रेन्च स्टार नेयमारलाई मोनाकोबाट १ सय ८० मिलियन युरोमा लोनमा लिएको थियो ।

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Success

Thank you for your time.