7 years ago
July 17, 2018
टुरिन (एजेन्सी)– पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आफु र अर्जेन्टिनाका स्टार लियोन मेस्सीसँग को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा मात्र निर्णय हुँदा उपयुक्त हुने बताएका छन् ।
युभेन्ट्समा सोमबार औपचारिक रुपमा सर्वाजनिक गर्दा सञ्चारकर्मीले सोधेको जवाफमा उनले मेस्सीसँगको प्रतिस्पर्धाका विषयमा जोगिएर जवाफ दिएका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो र सफल यात्राको अन्त्य गर्दै रोनाल्डो युभेन्ट्समा चार वर्षका लागि आबद्ध भएका छन् । उनी सम्मिलित रियलले ४ च्याम्पियन्स लिग र २ ला लिगा उपाधि जितेको थियो ।
मेस्सी र रोनाल्डोबीच सधै को उत्कृष्ट खेलाडी भनेर तुलना हुँदै आएको छ । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल पुगेपछि उनीहरु दुईबीचको प्रतिद्वन्द्विता थप चुलाउने प्रयास भएको थियो । उनले मेस्सीसँगको प्रतिस्पर्धा विषयमा बचेर जवाफ दिने क्रममा खेल जीवनको अन्त्यमा तुलना हुँदा सहि हुने बताएका छन् ।
‘म खेलाडीलाई प्रतिद्वन्द्विका रुपमा हेर्दैन । निश्चित हो हामी सबै खेल जित्न चाहन्छौं,’ रोनाल्डोले भने,‘त्यो ठूलो चुनौति हो । हरेकले जति सक्दो राम्रो खेल्ने र उत्कृष्ट हुने प्रयास गर्दछन् । त्यो साच्चै चाखलाग्दो प्रतिस्पर्धा हो ।’
उनले मेस्सीसँग पटक पटक हुने तुलनाका बारेमा भने,‘ हरेकले मेरो र मेस्सीको प्रतिद्वन्द्विताको कुरा गरिरहेका हुन्छन् । तर हामी आ आफ्नो खेल खेलिरहेका हुन्छौं । हरेकले आफ्नो क्लबका लागि खेल्छन् र म पनि त्यहि गर्छु । खेल जीवनको अन्त्यमा हामीमा को उत्कृष्ट हुन्छ हेरौं ।’
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]