7 years ago
July 17, 2018
मेलवर्न (एजेन्सी) – अष्ट्रेलियाका महान खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाका सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
‘आज मेरो लागि विशेष दिन हो । किनभने आज मैले अन्तर्राष्ट्रिय फुटबलबाट मेरो बुट थन्काउँदैछु ’ सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै काहिलले लेखेका छन्, ‘मैले मेरो देशको लागि के कति गरे त्यसलाई शब्दमा बयान गर्न सक्दिन । समर्थक, टिममेट, कोच सबैलाई धेरैभन्दा धेरै धन्यवाद ।’
काहिलले रसिया विश्वकपमा पेरुविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै १ सय ७ क्याप जित्न सफल भएका थिए । २००४ देखि अष्ट्रेलियाको टिममा रहेका काहिलले ५० गोल पुरा गरेका छन् । उनी अष्ट्रेलियाबाट चार विश्वकप खेल्ने एक्ला खेलाडी हुन् ।
अष्ट्रेलियन क्लब मिलवालबाट व्यवसायिक फुटबल खेल्न शुरु गरेका काहिलले इंग्लिस क्लब एभर्टनमा ८ वर्ष विताएका थिए । जतिबेला उनी खेल जीवनको उच्च फर्ममा थिए । एभर्टनपछि काहिलले न्युयोर्क रेड बुल्स, सांघाई सिन्हा, हाङजु ग्रिनटाउन, मेलवर्न सिटी हुदै पुन मिलवालबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल जीवनमा काहिलले २००६ को विश्वकपमा जापानविरुद्धको खेलमा २ गोल गरेका थिए । २०१५ अष्ट्रेलिया एसियन च्याम्पियन बन्दा काहिलले ३ गोल गरेका थिए । २०१४ को विश्वकपमा नेदरल्यान्डसँग ३–२ ले पराजित भएको खेलमा काहिलले दर्शनीय गोल गरेका थिए ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]