7 years ago
July 17, 2018
लन्डन (एजेन्सी)– क्लबका स्टार मिडफिल्डर मेसुट ओजिलले आउने दिनमा उच्च प्रदर्शन गर्ने प्रिमियर लिग टोली आर्सनलका नयाँ प्रशिक्षक उनाई इम्रीले विश्वास लिएका छन् । ओजिल सम्मिलित जर्मनी यसपटक विश्व कपको समूह चरणबाटै घर फर्केको थियो ।
विश्व कपको खराब प्रदर्शनका कारण ओजिलको पनि व्यापक आलोचना भएको थियो । समूह चरणका तीनमध्ये ओजिल खेलेको दुवै खेलमा जर्मनी पराजित भएको थियो । टोलीले समूह चरणमा एक खेल मात्र जितेको थियो । त्यो जितपछि निकै संघर्षपछि प्राप्त भएको थियो । टोनी क्रुसले खेलको अन्त्यतिर गरेको गोलमा जर्मनी स्विडनविरुद्धको त्यो खेलमा जित सम्भव भएको थियो ।
तर इम्रीले आफ्ना मिडफिल्डरप्रति विश्वास देखाएका छन् । यद्दपी केहि वर्षयता ओजिलले गरेको प्रदर्शनप्रति आलोचन हुँदै आएको छ ।’ हामी यहाँ सबै खेलाडीलाई सहयोग गर्न यहाँ आएका छौं । तर मेरा लागि एउटा र अन्य २५ खेलाडी एकै हुन्,’इम्रीले भने, ‘म सबैलाई सहयोग गर्नेछु । हाम्रा लागि ओजिल महत्वपूर्ण खेलाडी हुन् । हामी उनलाई सहयोग गर्न चाहन्छौं ।’
उनले जर्मनीले विश्वकपमा राम्रो गर्न नसकेका विषयमा पनि चर्चा गरे । ‘उनीहरुले चाहेजस्तो विश्वकपमा प्रदर्शन गर्न सकेनन् । नयाँ हिसाबले सिजनको सुरुवात गर्न अब म उनी तनाब मुक्त भएर फर्कुन भन्ने चाहन्छौं ,’ उनले भने, ‘म उनीसँग नयाँ ढंगले काम गर्न चाहन्छु । जसले हामीले टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न सकौं ।’
आर्सनलका लागि गत सिजन कठिन रहेको पनि इम्रीले बताए । ‘ओजिलका लागि मात्र होइन पछिल्लो सिजन सबैका लागि कठिन रह्यो ,’ उनले थपे, ‘म सबैको मनोबल उच्च बनाउन चाहन्छु । हरेक दिनको अभ्यासमा हामी त्यसका लागि प्रेरित गर्नेछौं ।’
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]