7 years ago
July 16, 2018
जाग्रेब (एजेन्सी)– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो ।
लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्व कप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । विश्व कपमा मोड्रिचले गोल्डेन बल जितेका थिए ।यसअघि सन् १९९८ मा क्रोएसिया तेस्रो भएको थियो । त्यति बेला पनि फ्रान्स पहिलो पटक विजेता बनेको थियो । क्रोएसियाली खेलाडी मारियो मान्डजुकिचले सुरक्षाकर्मीको हेलमेटमा हस्ताक्षर गरेका थिए ।
आइतबारको फाइनलमा सुरुवाती समयमा क्रिोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको थियो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको थियो । तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको थियो ।
खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका थिए । पाउल पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३ –१ बनाएका थिए ।
डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४–१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४–२ पार्दै खेललाई रोमाञ्चक बनाएका थिए । हाइस्कोरिङ खेलको फाइनल त्यहि स्कोरमा अन्त्य भएको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]