default_image

6 years ago

July 16, 2018

विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत

52 views

0 Bookmark

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस ओर्लेको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए ।

क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो पटक जितेको थियो ।

आइतबारको फाइनलमा सुरुवाती समयमा क्रिोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको थियो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको थियो ।

तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको थियो । खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका थिए ।

पाउल पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३ –१ बनाएका थिए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४–१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४–२ पार्दै खेललाई रोमाञ्चक बनाएका थिए । हाइस्कोरिङ खेलको फाइनल त्यहि स्कोरमा अन्त्य भएको थियो ।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.