7 years ago
July 17, 2018
लन्डन (एजेन्सी)– प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले आइतबार विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् । ३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार क्रोएसियाका इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो । जसलाई एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो ।
रेफ्री नेस्टोर पिटानाले पहिला पेनाल्टी दिएका थिएनन् । जब भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) रिभ्यू पछि उनले पेनाल्टी दिएका थिए । त्यो शतप्रतिशत पेनाल्टी थिएन । उनी टाढा थिए । फरवार्डले हेड गरेको बल उनको हातमा आएको हो, उनले भने, बलले उनलाई लागेको हो । उनीले बललाई प्रभाव पार्ने गरि हात चलाएका छैन । मनसाय राखेर गरिएको ह्यान्ड त्यो होइन ।
‘नियम अनुसार जानजान हातले बल छोएको हुनुपर्दछ,’ उनले भने, ‘उनको हात नियम अनुसार ठिकमा छैन । त्यसले त्यो पेनाल्टी नियम विपरित छ ।’ दोस्रो हाफमा केलियन बाप्पे र पाउल पोग्बाले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी हुँदै दास्रो पटक विश्व कप विजेता बनेको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]