7 years ago
July 16, 2018
अर्जुन कार्की
बागलुङ – एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा छात्रतर्फ इन्जुरी समयमा २ गोल गर्दै सिद्धार्थले चिल्ड्रेन लाइफलाई ३–१ ले र छात्रातर्फ अमर आदर्शले कालिगण्डकी बोर्डिङ ४–० ले हराउँदै उपाधि जितेका हुन् ।
छात्र तर्फ सिदार्थले चिल्ड्रेन लाइफसँग गत वर्षको फाइनलमा बेहोरोको हारको बदला लिएको छ । खेलमा पछि परेर सिद्धार्थ उल्टाउन सफल भएको थियो । ६० मिनेट खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ३४ औं मिनेटमा राजीव श्रीसको गोलबाट चिल्ड्रेनले अग्रता लिएको थियो ।
५७ औं मिनेटमा सिद्धार्थका कप्तान युवेश थापाले काउन्टर अट्याकमा गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । इन्जुरी समयमा युवेश र ओम मगरले गोल गरेपछि सिद्धार्थ विजयी भएको थियो ।
अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको छात्रतर्फ जिल्लाका १६ विद्यालयको सहभागिता रहेको थियो । उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरेको सिद्धार्थ प्रदेश ४ को एन्फा कपका लागि छनोट भएको छ । चिल्ड्रेन लाईफले ८ हजार रुपैयाँ प्राप्त गर्यो ।
छात्रा तर्फ ज्ञानु केसी र सुमिना केसीको समान २ गोलमा अमर आदर्शले कालिगण्डकी बोर्डिङमाथि सहज जित हासिल गर्यो । ज्ञानुले दोस्रो र सातौं तथा सुमिनाले ११ औं मिनेट र १२ औं मिनेटमा गोल गरेकी थिइन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको छात्रा तर्फ ३ विद्यालयको सहभागिता थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]