7 years ago
July 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व सहायक महासचिव सञ्जिव मिश्र नयाँ भूमिकाका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) फर्कने भएका छन् । तीन महिनापछि सुरु हुने लिगको निर्देशकका रुपमा मिश्र साउन १ गतेबाट एन्फा जाने तयारीमा छन् । मनोनयक पत्र मिश्रले असार २९ गते प्राप्त गरेको बताएका छन् ।
एन्फा कार्यसमितिको असार १२ गते बसेकेको पछिल्लो बैठकले मिश्रलाई लिग निर्देशकका रुपमा मनोनयन गरेको थियो । कुनै समय ए डिभिजन क्लबमा रहेको काठमाडौं क्लबको लामो समय अध्यक्ष र व्यवस्थापक रहेका मिश्र २०६३ देखि लगातार एन्फामा विभिन्न भूमिकामा सक्रिय रहँदै आएका छन् ।
यसअघिको कार्यसमितिमा सहायक महासचिव एवंम् कार्यवहाक प्रवक्ता समेत रहेका मिश्रले प्रतियोगिता निर्देशक र विकास निर्देशकका रुपमा समेत काम गरिसकेका छन् । एन्फाको वैशाख २२ गते सम्म पनि उनी एन्फाका सहायक महासचिव र कार्यावहाक प्रवक्ताका रुपमा सक्रिय थिए ।
फुटबल विज्ञका रुपमा स्थापित मिश्रले एन्फामा पुनरागमनलाई नयाँ अवसर र चुनौतिका रुपमा लिएका छन् । ‘जीवननै लगभग फुटबलमा बितिसकेको छ । म कुनै पनि भूमिकामा फुटबलमा सक्रिय हुन चाहन्छु,’ उनले भने, ‘मेरो अनुभवका आधारमा नयाँ जिम्मेवारीका लागि एन्फाले मनोनयन गरेको छ । त्यसका लागि एन्फा कार्यसमितिलाई धन्यवाद दिदै नेपाली फुटबल विकासका लागि सक्रिय रहनेछु ।’
उनले एन्फामा नयाँ परिवेश सुरु भइसकेको उल्लेख गर्दै भने, ‘नयाँ साथीहरुसँग नयाँ जोशका साथ काम गर्न म उत्साहित छु ।’ एन्फाले असोज १३ गते देखि ए डिभिजन लिग आयोजना गर्ने निर्णय यसअघि नै सर्वाजनिक भइसकेको छ । ए डिभिजन लिग ५ वर्षपछि आयोजना हुने तयारीमा छ । रेलिगेसन नहुने भनिएको लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]