7 years ago
July 16, 2018
मस्को (एजेन्सी) – फ्रान्सले २० वर्षपछि उपाधि जित्दा प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो नाममा कीर्तिमान बनाएका छन् । डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्दै आफ्नो नाममा कीर्तिमान बनाएका हुन् । उनी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन् ।
यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनेका थिए । मारियोले ब्राजिलबाट १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचालेका थिए ।
फ्रान्जले १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जितेका थिए । १९९८ मा घरमै भएको विश्वकपमा फ्रान्सले ब्राजिललाई ३–० ले पराजित गर्दा डेसच्याम्पले कप्तानी गरेका थिए ।
डेसच्याम्सकै कप्तानीमा फ्रान्सले २००० मा युरोकपको पनि उपाधि जितेको थियो । फ्रान्सले आइतबार भएको फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्न सफल भएको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]