default_image

6 years ago

July 15, 2018

गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

72 views

0 Bookmark

हाम्रो खेलकुद (काठमाडौं) – रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए ।

फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पार्‍यो ।

फ्रान्सले क्रोएसियालाई रोमाञ्चक फाइनलमा ४-२ ले हराउंदै विश्वकप उपाधि जित्न सफल भएको हो । सन् १९९८ मा पनि विश्वकप जितेको फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।

खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।

तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।

पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए । तर थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्‍यो ।

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]

Success

Thank you for your time.