default_image

6 years ago

July 15, 2018

पोग्बाको गोलमा फ्रान्सलाई ३-१ को अग्रता

31 views

0 Bookmark

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् ।

फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको हो । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भएको हो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।

तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी  खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् । पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए ।

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

Success

Thank you for your time.