default_image

7 years ago

July 15, 2018

गोल्डेन बलको दौडमा मोड्रिच, एम्बाप्पे र हाजार्ड अगाडी

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आज फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेल फ्रान्स र क्रोएसिया बीच खेलिंदै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ८.४५ बजे सुरु हुने छ ।

विश्वकपको उपाधिसहित समर्थक र विश्लेषकहरु प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बलको उपाधि कसले जित्ने छ भन्ने कुरामा पनि आतुर रहेका छन् । हिजो तेस्रो स्थानको प्ले-अफमा बेल्जियमको कप्तान एडेन हाजार्डले आफू पनि प्रवल दाबेदार रहेको सिद्ध गरिसकेका छन् ।

प्रतियोगिता सुरु हुन अघि नेयमार, रोनाल्डो र लियोनल मेस्सीलाई यस उपाधिको दाबेदार मानिए पनि उनीहरु र उनीहरुका राष्ट्रबाट सोचेअनुरुप प्रदर्शन हुने सकेन । क्रोएसियाले यस विश्वकपमा सबैलाई आश्चर्यचकित पार्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।

क्रोएसियाको यस यात्राका नायक रहेका छन् उनका कप्तान लुका मोड्रिच । दुई गोल गरेका मोड्रिच मिडफिल्डमा खेल्दै खेल नियन्त्रण गर्ने भुमिकामा देखा परेका छन् । मोड्रिचसंगै विश्वकपमा आफूलाई चिनाउन सफल किलियन एम्बाप्पेलाई पनि सो उपाधिको दाबेदार मानिएको छ ।

एम्बाप्पे आफ्नो गति, ड्रिब्लिङ क्षमता र शटिक प्रहारका लागि विश्वकपमा प्रख्यात बनिसकेका छन् । हाजार्डले जस्तै एम्बाप्पेले पनि प्रतियोगितामा ३ गोल गरेका छन् ।

तपाईंको अनुमानमा गोल्डेन बल कसले जित्ने छ?

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.